एकदिवसीय सिरिज जित्न नेपाललाई २१४ रन आवश्यक

एकदिवसीय सिरिज अन्तर्गतको तेस्रो तथा अन्तिम खेलमा जिम्बाब्वे ‘ए’ ले घरेलु टोली नेपालसमक्ष २१४ रनको लक्ष्य प्रस्तुत गरेको छ । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको जिम्बाब्वेले ३२.१ ओभरमा सबै विकेट गुमाउँदै २१३ रन बनायो । 

गएरातिको वर्षाका कारण मैदानमा पानी जमेकाले टसमा ढिलाइ हुँदा खेललाई ३३ ओभरमा झारिएको थियो । 

जिम्बाब्वेका लागि टाडिवान्से मरुमनीले अर्धशतकीय पारी खेले । ३१ बलको सामना गरेका उनले सात चौका र दुई छक्कासहित ५० रन बनाए । कुड्जाइ मउन्जेले ३९ र रोय केइयाले ३६ रन जोडे । 

नेपालका लागि किशोर महतोले पाँच सोमपाल कामीले दुई तथा करण केसी र दीपेन्द्रसिंह ऐरीले एक–एक विकेट हात पार्दा एक विकेट रन आउटका रुपमा प्राप्त भयो ।  
 





  • प्रकाशित मिति : बैशाख २६, २०७९ साेमबार १५:१६:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया