धनगढी​वासीलाई देउवाको प्रश्‍न - एमालेलाई जिताएर फेरि संसद भंग गर्न दिने ?

​नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमालेले चुनाव जित्यो भने केपी शर्मा ओलीले फेरि पनि संसद भंग गर्ने बताएका छन् ।

ओली प्रधानमन्त्री हुँदा दुई पटक प्रतिनिधिसभा विघटन गरेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले एमालेले जित्यो भने संसद, प्रदेश र स्थानीय तहसमेत भंग गर्न पछि नपर्ने बताए ।

‘ओलीले दुई पटक संसद भंग गरे । हामीले अदालतबाट फिर्ता ल्यायौं । तर, पनि एमालेले चल्न दिएको छैन । एमालेलाई जिताएर के गर्ने ? संसद भंग गर्न दिने ?’ धनगढीमा भएको चुनावी सभामा देउवाले भने, ‘त्यसले गर्दा देशभर गठबन्धनका उम्मेदवारलाई अत्याधिक मतले विजय गराउनुस् ।’ 

अर्को प्रशंगमा देउवाले सुदूरपश्चिमका लागि थुप्रै काम गरेको उल्लेख गरे ।  ‘यो ठाउँ मेरो लागि महत्वपूर्ण ठाउँ हो,’ उनले भने, ‘सुदूरपश्चिमको कारणले म प्रधानमन्त्री भएको हुँ । सबै ठाउँमा मैले काम पनि गरेको छु ।’ 

उनले भारत भएर आवतजावत गर्नुपर्ने बाध्यताको अन्त्य पनि आफूले गरेको बताए । ‘तपाईंहरूलाई थाहा छ, यहाँ भारत भएर आउनुपर्ने थियो,’ देउवाले भने, ‘यहाँ २२ वटा पुल बनाएँ । कर्णाली पारि पनि राति जान नपाउने अवस्था थियो । अहिले राति जान पाउने व्यवस्था मिलाएको छु ।’ 

उनले धनगढी–दीपायल फास्ट ट्रयाक मात्रै नभएर तिब्बतसम्म पुग्ने बाटो बनाउने प्रतिवद्धता जनाए । विकासको लागि पहिलो प्राथमिकता सुदूरपश्चिमलाई दिने बताउँदै उनले सबैभन्दा बढी बजेट छुट्याउने आवश्वासन दिए ।





  • प्रकाशित मिति : बैशाख २६, २०७९ साेमबार १६:१:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया