हेटौंडाले महिला मेयर चाहेको छ : मीना लामा

सत्तारुढ गठबन्धनबाट हेटौंडा उपमहानगरको मेयर पदकी उम्मेदवार मीनाकुमारी लामाले यसपटक हेटौंडा उपमहानगरपालिकाले महिला मेयर चाहेको बताएकी छन् । आफूलाई जिल्लाकै पहिलो महिला मेयरको रुपमा जनताले हेर्न चाहेको उनको भनाइ छ ।

‘म मेयरसाप होइन जनताको सेवकको रुपमा मेयर पदमा रहेर काम गर्न चाहन्छु,’ उनले भनिन्, ‘यो पटक हेटौंडाले महिला मेयर पाउँदैछ । एक दलको होइन पाँच दलको साझा उम्मेदवार पाउँदैछ । हेटौंडालाई साझा बनाउँनेछौं ।’ 

समाजमा अझै पनि धेरै महिला पछि परिरहेको अवस्थामा आफू आत्मविश्वास र प्रतिस्पर्धाबाटै यहाँसम्मको यात्रा तय गरेको बताइन् । महिलाले नेतृत्व गरेको हेटौंडा उपमहानगरपालिका कस्तो हुन्छ भनेर पाँच बर्षपछि देखिने उनको दावी छ । 

‘महिलाले पनि अवसर पाए केही गर्न सक्छन् भन्ने सोचको विकास भइसकेको छ । मैले पाँच बर्ष उपमेयर भएर केही अनुभव संगालिसकेको छु । उक्त अनुभवलाई जनताको सेवामा लगाउँनेछु,’ उनले थपिन्, ‘गठबन्धनको जित नै हेटौंडा उपमहानगरवासीको हित हुनेछ ।’





  • प्रकाशित मिति : बैशाख २६, २०७९ साेमबार १६:६:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया