मकवानपुरमा कांग्रेस-माओवादी कार्यकर्ताबीच कुटाकुट, दुई जना घाइते

चुनावी माहोलको विषयमा मकवानपुरको बकैया गाउँपालिकामा गठबन्धनकै दलका कार्यकर्ताबीच कुटाकुट भएको छ । बकैया गाउँपालिका-७ कत्लेखोलामा भएको कुटपिटबाट दुई जना घाइते भएका छन् । 

चुनावी माहोलको विषयमा लफडा हुँदा नेपाली कांग्रेसनिकट रामबहादुर राईले २०–२५ जना कार्यकर्ताको परिचालन गरि माओवादी केन्द्रका कत्लेखोला टोल कमिटी अध्यक्ष विष्णु राई र राप्रपा गाउँकमिटी उपाध्यक्ष हरि राईलाई निर्घात कुटपिट गरेको माओवादी केन्द्र मकवानपुरकी नेतृ तथा स्थानीय निर्वाचनको लागि बकैया-७ की चुनावी कमाण्डर लक्ष्मी माझी‘कृपा’ले जानकारी दिइन् ।

घाइते विष्णु र हरिको हेटौँडा स्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको माझीको भनाइ छ । घटनाबारे जानकारी दिँदै प्रहरी कार्यालय हात्तिसुडेका सई दमन तामाङले दुवै पक्षको निवेदन आएको र घाइतेको उपचारपश्चात घटनाको विषयमा थप छानबिन हुने बताए ।
 





  • प्रकाशित मिति : बैशाख २६, २०७९ साेमबार १६:५९:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया