मुगुमा मादकपदार्थ बिक्री वितरणमा रोक

जिल्ला प्रशासन कार्यालय मुगुले मादकपदार्थ बिक्री वितरण गर्न निषेध गरेको छ । 

जिल्ला निर्वाचन सुरक्षा समिति, मुगुको बैठकले मंगलबार राति १२ बजेदेखि निर्वाचनको परिणाम घोषण नभएसम्मको लागि मादकपदार्थ बिक्री वितरणमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिए ।  

जिल्ला प्रशासन कार्यालयले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, भयरहित र मर्यादित बनाउनका लागि मादकपदार्थ बिक्री वितरण तथा उपभोगजन्य कार्यलाई पूर्ण रूपमा निषेध गरेको जनाएको छ ।  यो निर्णयलाई अटेरी गरेको पाइएमा कडाभन्दा कडा कारबाही गरिने प्रशासनद्वारा जारी सूचनामा भनिएको छ । 





  • प्रकाशित मिति : बैशाख २६, २०७९ साेमबार १८:२०:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया