कुटपिटको आरोपमा माओवादीबाट गाउँपालिका अध्यक्षका उम्मेदवार पक्राउ

कुटपिटको आरोपमा बैतडीको डिलासैनी गाउँपालिकामा नेकपा (माओवादी केन्द्र)बाट अध्यक्ष पदका उम्मेदवार लोकेन्द्र रानालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

डिलासैनी–५ विनाबस्ती घर भई पुर्चौंडी बहुमुखी क्याम्पसमा कार्यरत सहप्राध्यापक रामदत्त जोशीमाथि राना र माओवादी केन्द्रका कार्यकर्ताले कुटपिट गरेको आरोपमा नियन्त्रणमा लिइएको प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए ।

स्वतन्त्र उम्मेदवारका पक्षमा प्रचार गरेको भन्दै रानाले कुटपिट गरेको आरोप लागेको छ । कुटपिटबाट जोशीको घुँडामा चोट लागेको र उनको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ । कुटपिटमा संलग्न अध्यक्षका उम्मेदवार राना र घाइते पक्षबीच गोकुलेश्वर प्रहरी चौकीमा छलफल भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 





  • प्रकाशित मिति : बैशाख २६, २०७९ साेमबार १९:३०:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया