ओलीको प्रतिगमनकारी कदमको प्रतिकार गर्न गठबन्धन : कांग्रेस उपसभापति खड्का

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले गठबन्धनको निर्णय पालना गर्न पाँचदलीय गठबन्धनका नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् ।

सुर्खेतको वीरेन्द्रनगरमा सोमबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उपसभापति खड्काले दलका आन्तरिक विधान एवं नियमभित्र रही गठबन्धनका आधिकारिक उम्मेवादरलाई स्थानीय चुनावमा जिताउन उनले आग्रह गरे ।

‘कुनै उम्मेदवारलाई जिताउन र कुनैलाई हराउनका लागि भनेर गठबन्धन भएको होइन,’ उपसभापति खड्काले भने, ‘संविधानको रक्षा र देशको हितका लागि बनेको हो । एमाले अध्यक्ष केपी ओलीको प्रतिगमनकारी कदमको प्रतिकार गर्नका लागि पनि गठबन्धन आवश्यक थियो र बन्यो ।’
 
निर्वाचनको नजिक पार्टीभित्रका असहमति र गुनासो भए आन्तरिक बसाइबाट टुंग्याउन आग्रह गर्दै उनले नेता र नेतृत्वबाट भएका कमजोरीलाई निर्वाचनपछि सच्याइने बताए । उनले संविधानको रक्षा र पिछडिएका, सीमान्तकृत वर्गका माग पूरा गर्न नेपाली कांग्रेसको नेतृत्वमा पाँचदलीय गठबन्धन बनेको बताए ।

‘कसैले चुनाव चिह्न बिर्सेर गठबन्धनलाई हराउने काम गर्नु राम्रो होइन, भोलि जितकै आधारमा अहिलेका समस्या समाधान गर्ने बेला आउँछ,’ उनले भने, ‘यो पवित्र गठबन्धन जोगाउन रुखमा भोट हाल्नेले रुखमा र गठबन्धनका उम्मेदवारलाई तोकिएको अर्को चिह्नमा भोट हालौँ ।’





  • प्रकाशित मिति : बैशाख २६, २०७९ साेमबार २०:८:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया