फिलिपिन्समा राष्ट्रपति निर्वाचन : प्रारम्भिक मत गणनामा पूर्वतानाशाहका छोराको अग्रता

फिलिपिन्सका पूर्वतानाशाहका छोराले देशको राष्ट्रपति चुनावमा प्रारम्भिक अग्रता लिएका छन् । फर्डिनान्ड बोङ्बोङ मार्कोस जुनियरले आफ्ना प्रतिद्वन्द्वीको तुलनामा अग्रता कायम गरेका छन् । 

फर्डिनान्डले १ करोड ८० लाख मत र उनका प्रतिद्वन्द्वीले ८५ लाख मत प्राप्त गरेका एउटा अनौपचारिक तथ्यांकले देखाएको छ । 

मत सर्वेक्षणले भविष्यवाणी गरे जस्तै मार्कोेस विजयी भएमा ३६ वर्षअघि जनताको विद्रोहद्वारा सत्ताच्युत गरिएको मार्कोस वंशको सत्तामा पुनरागमन हुनेछ । 

मार्कोसका मुख्य प्रतिद्वन्द्वी तथा उपराष्ट्रपति लेनी रोब्रेडो उदारवादी नेताका रूपमा परिचित छन् । सन् २०१६ मा जस्तै आधिकारिक रूपमा विजेता घोषणा हुन केही दिन लाग्ने अनुमान गरिएको छ ।  





  • प्रकाशित मिति : बैशाख २७, २०७९ मंगलबार ७:५९:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया