प्रदेश ३ ले बढायो स्थानीय तहका कार्यपालिका सदस्यको सेवासुविधा

हेटौँडा– प्रदेश ३ का स्थानीय तहका कार्यपालिका सदस्यको सेवा सुविधामा वृद्धि भएको छ । 

प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँ कार्यपालिका सदस्यको सेवा सुविधा बढाउने निर्णय गरेको हो । 

जसअनुसार, महानगर कार्यपालिका सदस्यले मासिक १५ हजार, उपमहानगर कार्यपालिका सदस्यले १३ हजार, नगर कार्यपालिका सदस्यले ११ हजार र गाउँ कार्यपालिका सदस्यले ७ हजार पाउनेछन् ।

यसअघि, महानगरका कार्यपालिका सदस्यले ८ हजार, उपमहानगरकाले ७ हजार ५ सय, नगरकाले ७ हजार र गाउँ कार्यपालिकाकाले ६ हजार पाउँदै आएका थिए । 





  • प्रकाशित मिति : पुस १९, २०७५ बिहीबार २१:७:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया