यी हुन् बर्सिलोनाले बिक्री सूचीमा राखेका ९ खेलाडी

यो सिजन उपाधिविहीन बनेको स्पेनिस क्लब बार्सिलोनाले आउँदो समरमा नौ खेलाडीलाई बेच्ने तयारी गरेको छ । ला लिगामा उपाधिका लागि रियल मड्रिडलाई चुनौती दिन र फेरि च्याम्पियन्स लिगमा प्रतिस्पर्धा गर्न टोली बलियो बनाउनुपर्ने प्रशिक्षक जाभीले स्पष्ट पारिसकेका छन् । 

बार्सिलोनाले बिक्री खेलाडीको सूचीमा नेटो, क्लेमेन्ट लेङ्लेट, सर्जिनो डेस्ट, ओस्कार मिगुएजा, स्यामुयल उम्टिटी, फ्रान्की डि जोङ, रिकी पुच, मेम्फिस डिपाए र मार्टिन ब्रेथवेट छन् ।

बार्सिलोनाले डच मिडफिल्डर फ्रान्की डि जोङका लागि म्यानचेस्टर सिटी वा म्यानचेस्टर युनाइटेड दुवैको अवस्थाको मूल्यांकन गर्दै ५८ मिलियन पाउन्ड मूल्य तोकेको छ ।

बार्सिलोनाबाट नियमित खेलिरहेका डि जोङले यो सिजन ४२ खेल खेल्दा चार गोल र पाँच गोलका लागि अवसर सिर्जना गरेका छन् । तर, जाभीले आफ्नो टोली पुनः निर्माणका लागि उनलाई बाहिर राख्न सक्छन् । डि जोङको विकल्प रहेको र उनलाई बेच्दा आउने रकमले अन्य पोजिसन बलियो बनाउन सकिने क्लबको योजना छ ।

गत सिजन फ्रान्सेली क्लब लियोनबाट फ्रि ट्रान्सफरमा बार्सिलोना आएका २८ वर्षीय डच फरवार्ड डिपाएलाई टोटेनहम र नेपोलीले अनुबन्ध गर्ने योजनामा छन् ।

लुक डि जोङ र एडमा ट्राओरे हाल बार्सिलोनाबाट लोनमा खेलिरहेका छन् । उनीहरू आफ्नै क्लबमा फर्कने अपेक्षा गरिएको छ । हाल क्रमशः एस्टन भिल्ला, उल्भ्स र बेसिक्टासबाट लोनमा खेलिरहेका फिलिप कौटिन्हो, ट्रिन्काओ र मिरालेम प्यानिच यस समरमा फर्कनेछन् । तर, तीनै जना क्लबको योजनामा भने छैनन् ।



प्रतिद्वन्द्वी एट्लेटिको म्याड्रिडबाट खेलिरहेका एन्टोइन ग्रिजमनको लोन सम्झौता अर्को सिजनसम्म छ । बार्सिलोनाले एसी मिलानका मिडफिल्डर फ्रान्क केस्सी र चेल्सीका डिफेन्डर एन्ड्रियास क्रिस्टेनसेन दुवैसँग नयाँ अनुबन्धका लागि काम सुरु गरिसकेको छ । 

चेल्सीका सेजर एज्पिलिक्वेटा र मार्कोस अलोन्सो, रियल सोसिडालका राफिन्हा र बायर्न म्युनिखका पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्की पनि बार्सिलोनाको योजनामा छन् ।  



  • प्रकाशित मिति : बैशाख २७, २०७९ मंगलबार १३:६:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया