logo-img

स्थापित भन्छन्– मेरा सपनाहरू फूलबारीभन्दा कम छैनन्

नेकपा एमालेबाट काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दिएका केशव स्थापितले आफ्नो अभिव्यक्तिले कसैलाई चोट पुगेको भए माफी मागेका छन् । 

काठमाडौंमा मंगलबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले आफ्नो अभिव्यक्ति र लेखाइबाट कसैलाई चोट पुगेको भए माफी चाहेको बताए । ‘मेरो अभिव्यक्तिले कसैलाई चोट पुगेको सुनेँ । कसैलाई मेरो अभिव्यक्ति र लेखाइले चोट पुगेको भए माफी चाहन्छु,’ स्थापितले भने ।

आफू निर्वाचित भएमा दलित र अपांगता भएका विद्यार्थीलाई निःशुल्क शिक्षाको व्यवस्था गर्ने उनले बताए । साथै, उनले काठमाडौंको मुहार फेर्ने हजारौं सपना रहेको पनि बताए । 

‘मेरो हजार-हजार सपनाहरू छन्, त्यो प्रत्येक सपनाहरू फूलबारीभन्दा कम छैनन्,’ स्थापितले भने । 





  • प्रकाशित मिति : वैशाख २७, २०७९ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया