कांग्रेसका महामन्त्रीद्वयको संयुक्त भिडियाे सन्देश : रुखमा मतदान गरेँ भनेर पश्चात्ताप गर्नुपर्ने दिन आउन दिने छैनौँ

नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले संयुक्त भिडियो सन्देशमार्फत पहिलोपटक मतदान गर्न लागेका मतदातासँग कांग्रेस पार्टीलाई मत दिन आग्रह गरेका छन् ।

महामन्त्रीद्वय शर्मा र थापाले मतदान गर्ने अधिकार कांग्रेसकै नेतृत्वमा हासिल भएको स्मरण गराउँदै सम्मुनतिका लागि रुख चिह्नमा मतदान गर्न आग्रह गरेका छन् । 

भिडियो सन्देशमा भनिएको छ, ‘मतदान गर्ने यो अधिकार सित्तैमा पाइएको होइन । थुप्रै तन्नेरीहरू कुनै बेला चारतारे झण्डा बोकेर तपाईं र म मेरो अधिकारका लागि लडेको हुनाले गर्दा यो अधिकार पाइएको हो ।’

रुख चिन्हमा मत दिएका कसैले पनि पश्चात्ताप गर्नु नपर्ने उनीहरुको प्रतिबद्धता छ । ‘रुख चिह्नमा हाल्ने तपाईंको प्रत्येक मतको सदुपयोग गर्नेछौँ,’ भिडियो सन्देशमा भनिएको छ, ‘रुखमा मतदान गरेँ भनेर पश्चात्ताप गर्नुपर्ने दिन आउन दिने छैनौँ ।’

 





  • प्रकाशित मिति : बैशाख २७, २०७९ मंगलबार १७:५३:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया