बैतडीको चुनावी मैदानमा पाँच पत्रकार

३० वैशाखमा हुन लागेको स्थानीयतहको निर्वाचनमा बैतडीका पाँच पत्रकार चुनावी मैदानमा छन् ।

पत्रकार महासंघ बैतडीका निवर्तमान अध्यक्ष प्रेमसिंह भाट पाटन नगरपालिका वडा नं ९मा वडा सदस्यका उम्मेदवार बनेका छन् । भाट नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेका हुन् ।

त्यस्तै, उज्यालो अनलाइनका संवाददाता तपेन्द्र बिष्ट मेलौली नगरपालिका वडा नं ८मा वडाअध्यक्षका उम्मेदवार बनेका छन् । उनी नेकपा एमालेबाट उम्मेदवार बनेका हुन् । २२ वर्षका उनी चुनावी मैदानमा होमिएका हुन् । 

प्रेस युनियन बैतडीका कोषाध्यक्ष धनबहादुर क्षेत्री (जगदीश) दशरथचन्द नगरपालिका वडा नं ३ मा वडाअध्यक्षका उम्मेदवार बनेका छन् । क्षेत्री नेपाली कांग्रेसबाट वडाअध्यक्षका उम्मेदवार बनेका हुन् । यसअघि उनका बुवा दामबहादुर क्षेत्रीले वडाअध्यक्षमा चुनाव जितेका थिए । 

दशरथचन्द नगरपालिकाकै वडा न.९ ग्वाल्लेकमा पत्रकार चन्द्रमुस्कान जोशीले उम्मेदवार दिएका छन् । रेडियो शनसेर बैतडीमा कार्यरत जोशीले नेकपा एकीकृत समाजवादीका तर्फबाट उम्मेदवारी दिएका हुन् । 

यसैगरी, नेकपा (एकीकृत समाजवादी)कै तर्फबाट मेलौली नगरपालिका वडा नं २मा पत्रकार शेरबहादुर चन्द वडा अध्यक्षका उम्मेदवार बनेका छन् । चन्द प्रेस चौतारीका पूर्वजिल्ला अध्यक्षसमेत हुन् । 



यसअघि समेत बैतडीका ३ जना पत्रकार जनप्रतिनिधि बनेका थिए । 



  • प्रकाशित मिति : बैशाख २७, २०७९ मंगलबार २०:११:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया