प्रचण्ड र आरजुलाई निर्वाचन आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण

निर्वाचन आयोगले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रधानमन्त्री शेरबहादुर देउवापत्नी एवं कांग्रेसनेतृ आरजु राणा देउवालाई स्पष्टीकरण सोधेको छ। 

चुनावमा मतदातालाई प्रभावित पार्ने अभिव्यक्ति दिएको भन्दै आयोगले उनीहरुलाई स्पष्टीकरण सोधेको हो। 

आयोगले प्रचण्ड र आरजु दुवैलाई २४ घण्टाभित्र जवाफ दिन भन्दै स्पष्टीकरण सोधिएको प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए। 

माओवादी अध्यक्ष प्रचण्डले चितवनको भरतपुरको गठबन्धनको सभामा सम्बोधनका क्रममा आफ्ना उम्मेदवारलाई नजिताए देश दुर्घटनामा जान्छ भन्ने अभिव्यक्ति दिएका थिए । सोही अभिव्यक्तिबारे प्रस्ट पार्न आयोगले उनलाई स्पष्टीकरण सोधेको हो।  

यस्तै डडेल्धुराको सभामा आरजुले कांग्रेसले नजितेका स्थानमा बजेट नपठाउने अभिव्यक्ति दिएकी थिइन्। साथै उनले कांग्रेसलाई जिताए वडाबासी ५-६ जनालाई मलेसिया पठाउने मतदातालाई सुनाएकी थिइन्। 

प्रचण्ड र आरजु दुवैका विवादास्पद अभिव्यक्तिको जनस्तरबाट पनि आलोचना भएका थिए। 





  • प्रकाशित मिति : बैशाख २७, २०७९ मंगलबार २१:२७:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया