प्यूठानमा एमाले र गठबन्धनका कार्यकर्ताबीच कुटाकुट
फाइल तस्वीर

प्यूठानमा एमाले र गठबन्धनका कार्यकर्ताबीच झडप हुँदा चार जना घाइते भएका छन् । सरुमारानी गाउँपालिकाको हशंपुरमा एमाले र गठबन्धनका कार्यकर्ताबीच झडप भएको हो ।

जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख सत्यनारायण थापाका अनुसार चार जना घाइते भएकोका हुन् । एमालेबाट गाउँपालिका अध्यक्षका उम्मेदवार झगबहादुर विश्वकर्माले आफूमाथि कुटपिट भएको बताए । 

उनले सामाजिक सञ्जालमा गठबन्धनका नेता-कार्यकर्ताले आफू सवार गाडी जलाउने र आफूलाई मार्नेसम्मको प्रयास गरेको आरोप लगाएका छन् । यद्यपि घटनाबारे दुवै पक्षले आधिकारिक धारणा सार्वजनिक गरेका छैनन् । 

शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि अहिले मौन अवधि जारी छ ।





  • प्रकाशित मिति : बैशाख २८, २०७९ बुधबार १८:१२:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया