डडेल्धुराबाट सेनाको हेलिकोप्टरमा धनगढी फर्किए प्रधानमन्त्री देउवा
फाइल तस्वीर

नेपाली कांग्रेसका पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा धनगढी पुगेका छन् । प्रधानमन्त्री देउवा डडेलधुराबाट नेपाली सेनाको हेलिकोप्टरबाट धनगढी पुगेका हुन् ।

देउवा सोमबार धनगढीमा भएको संयुक्त गठबन्धनको आमसभालाई सम्बोधन गर्न यसअघि पनि यहाँ आएका थिए । आइतबार नै धनगढी पुगेका थिए । 

धनगढीमा एक रात बास बसेका देउवा अर्को दिन सोमबार गृहजिल्ला डडेल्धुरा गएका थिए । उनले मंगलबार डडेल्धुराका विभिन्न ठाउँमा भएको आमसभालाई सम्बोधन गरेका थिए ।

निर्वाचनसम्म गृहजिल्लामै रहने भनिए पनि यसबीचमा देउवा धनगढी आउनुलाई चासोका साथ हेरिएको छ । 

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीका अनुसार आज दिउँसो ३ बजेतिरको समयमा सेनाको हेलिकोप्टरबाट धनगढीस्थित बोराडाँडी ब्यारेकमा झरेका हुन् । 

‘दिउँसो ३ बजे तिरको समयमा सेनाको हेलिकोप्टरबाट बोराडाँडीमा झर्नु भयो’, प्रहरी नायव उपरीक्षक जोशीले भने, ‘ब्यारेकबाट प्रहरीको स्कटिङमा धनगढी–४ उत्तरबेहेडीमा रहेको निवासमा पुगाएको हो ।’



प्रधानमन्त्री पत्नी आरजु राणा देउवाको चुनावी क्षेत्र कैलाली क्षेत्र नं ५ को धनगढी उपमहानगरपालिकामा गठबन्धनको तर्फबाट निवर्तमान मेयर नृपबहादुर वड मेयरका लागि मैदानमा छन् । 

उनको प्रतिस्पर्धा स्वतन्त्र उम्मेदवार व्यवसायी गोपाल हमालबीच हुन आंकलन गरिएको छ । यस्तै, नेकपा एमालेका तर्फबाट रणबहादुर चन्द पनि प्रतिस्पर्धामा छन् ।



  • प्रकाशित मिति : बैशाख २८, २०७९ बुधबार १९:४३:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया