स्थानीय तह निर्वाचन : आज ६७ हजारले छाडे उपत्यका
फाइल तस्वीर

स्थानीय तह निर्वाचनमा सहभागी हुनका लागि काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुको संख्या बढेको छ । 

काठमाडौं उपत्यका ट्राफिक कार्यालयको रेकर्ड अनुसार बुधबार साँझ ७ बजेसम्म ६७ हजारले उपत्यका छोडेका छन् ।

बुधबार साँझसम्म ५ हजार ६ सय सवारी साधनमा ६७ हजार यात्रु बाहिरिएको ट्राफिक प्रहरीले जनाएको छ । 

सोही अवधिमा २ हजार ३ सय सवारी साधनमार्फत २१ हजार ५ सय जना उपत्यका भित्रिएका छन् ।

निर्वाचनमा भोट हाल्नका लागि उम्मेदवारले थानकोट र कोटेश्वरबाट बस रिजर्भ गरेर आफ्ना क्षेत्रका स्थानीय तहतर्फ गइरहेका छन् ।





  • प्रकाशित मिति : बैशाख २८, २०७९ बुधबार २०:४९:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया