धर्मेन्द्र पक्राउ परेपछि नेकपा (बहुमत) ले भन्यो– सशस्त्र बहिष्कारको नीति छैन

नेकपा (बहुमत) पार्टीले स्थानीय तहको निर्वाचनमा विस्फोटनजन्य तथा सशस्त्र बहिष्कारको नीति नरहेको बताएको छ ।

संयोजक धर्मेन्द्र बाँस्तोलालाई दाङ प्रहरीले पक्राउ गरेपछि पार्टीका केन्द्रीय कार्यालय सदस्य हेमन्तप्रकाश वलीले विज्ञप्ति जारी गर्दै प्रष्टिकरण दिएका हुन् ।

स्थानीय चुनावमा भाग नलिने नीति रहे पनि विस्फोटनजन्य तथा सशस्त्र बहिष्कारको नीति नरहेको वलीले दाबी गरेका छन् ।

बुधबार साँझ मात्र बुटवलमा बम विस्फोट भएको थियो । पोखराबाट नेपालगञ्ज जाँदै गरेका बास्तोला पक्राउ परेका थिए । तर, बहुमत पार्टीले बम विस्फोटनमा आफ्नो पार्टीको कुनै संलग्नता नरहेको पनि बताएको छ ।

स्थानीय तहको चुनावको पूर्वसन्ध्यामा उनी पक्राउ परेका हुन् । चुनाव शुक्रबार हुँदैछ ।



 



  • प्रकाशित मिति : बैशाख २९, २०७९ बिहीबार १०:३६:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया