मतदातालाई पैसा बाँडेको आरोपमा मुस्लिम आयोगका अध्यक्ष प्रहरीको नियन्त्रणमा


निर्वाचन आचारसंहिताविपरीत मौन अवधिमा मतादातालाई पैसा बाँडेको आरोपमा प्रहरीले मुस्लिम आयोगका अध्यक्ष समिम मिँया अन्सारीलाई नियन्त्रणमा लिएको छ ।

उनलाई बिहीबार बिहान जनकपुरधामका उपमहानगरपालिका–७ स्थित ​सीतासरण होटलको कोठा नम्बर ३०५ बाट नियन्त्रणमा लिइएको हो ।

यता, धनुषाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बसन्त रजौरेले मियाँको साथबाट पैसा बरामद नभएको र प्रहरीलाई कुनै संवैधानिक निकायका पदाधिकारीलाई चेकजाँच गर्ने अधिकार नरहेकोले उनलाई सुरक्षित साथ एयरपोर्ट पुर्याइएको जानकारी दिए । 

उनले पैसा भेटेको कुरा गलत रहेको र त्यस्तो केही नभएको दाबी गरे । एसपी रजौरेले भने, ‘यो एकदम गलत समाचार हो, उहाँ भ्रमणको क्रममा होटल सीताशरणमा बस्नु भएको थियो, उहाँलाई बिना कारण एमालेका नेता कार्यकर्ताहरूले घेरेपछि हामीले उहाँलाई सकुशल एयरपोर्टसम्म छोड्नका लागि सुरक्षा दिएका हौं ।’ 

२०७५ को चैतमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई आयोगको अध्यक्षमा नियुक्त गरेका थिए । उनीविरुद्ध नागरिकता र शैक्षिक प्रमाणपत्र किर्ते गरेको उजुरी परेको थियो । जसलाई संसदीय समितिले टुंगोमा पुर्याउन नसक्दा उनको नियुक्ति स्वतः सदर भएको थियो । 
 





  • प्रकाशित मिति : बैशाख २९, २०७९ बिहीबार १२:१७:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया