अनियमितता ढाकछोप गर्न सरकारले छुट्टै छानबिन समिति गठन गर्याे : रामचन्द्र पाैडेल

काठमाडाैं– संसद्को लेखा समितिले वाइडबडी जहाज खरिदमा बहालवाला मन्त्रीसहितलाई दोषी ठहर्याएपछि सरकारले छुट्टै छानबिन समिति गठन गरेकोप्रति प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आक्रोश व्यक्त गरेका छन् । वाइडबडी जहाज खरिदमा भएको अनियमितता ढाकछोप गर्न सरकारले छानबिन समिति गठन गरेको पोडेलको आरोप छ । 

नेता पौडेलले राजनीतिमा तीनतिर फर्केका नेता खान पाएपछि एकैतिर फर्कने गरेको बताए । गृहजिल्ला तनहुँमा शुक्रबार आयोजित कार्यक्रममा पौडेलले यस्तो आरोप लगाएका हुन् ।

उपसमितिको प्रतिवेदन मान्दिनँ भनेर समितिलाई नै अपमान गरिएको उनले बताए । ‘लेखा समितिअन्तर्गत उपसमितिले वाइडबडी खरिदमा भएको अनियमितताबारे छानबिन गरिरहेकै अवस्थामा सरकारले छुट्टै समिति गठन गर्नु भनेको अनियमितता लुकाउन खोजेको हो,’ पौडेलले भने । वाइडबडी जहाज खरिदमा ठूला नेताहरू संलग्न रहेको हुन सक्ने उनको आशंका छ । 

‘राजनीतिमा तीनतिर फर्केका नेताहरू खान पाएपछि एकैतिर फर्कन्छन्,’ पौडेलले भने, ‘सबै मिलेर ठूला भ्रष्टाचार काण्ड त गरेका होइनन् भन्ने प्रश्न पनि उठेको छ।’ 

पौडेलले नेपाली कांग्रेसको महासमिति बैठकपछि पार्टीमा एकता देखा परेको बताए । १४औँ महाधिवेशन समयमै गरेर अर्को चुनावका लागि गाउँदेखि सहरसम्म संगठन विस्तार तथा सुदृढीकरण अभियान चलाउनुपर्ने पौडेलको भनाइ थियो ।





  • प्रकाशित मिति : पुस २०, २०७५ शुक्रबार १३:४३:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया