मुगुको सोरु गाउँपालिका-३ भिँईगाउँमा बुधबार राति १ बजे नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ ।
घटनालाई नियन्त्रणमा लिन नेपाल प्रहरीले १० राउण्ड हवाइ फायर समेत गरेको प्रहरी नायब उपरीक्षक सुवास हमालले बताए ।
उनका अनुसार भिँई गाउँ भिरालोमा रहेकाे र माओवादी केन्द्रका वडाअध्यक्ष पदकी उम्मेदवार मनकाेला रोकायाकाे घरमा कांग्रेसका कार्यकर्ताले ढुंगा खसाल्ने सम्भावना भएकाले अवस्था नियन्त्रणमा लिन हवाइ फायर गरेको जनाएकाे छ ।
झडपबाट मानवीय क्षति भने भएको छैन । अहिले दुवै पक्ष छलछल गरेर सामान्य अवस्था रहेको उनको भनाइ छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।