पैसा र पहुँचबाट प्रभावित नभई मतदान गर्न मतदातालाई निर्वाचन आयोगको आग्रह

निर्वाचन आयोगले शुक्रबार हुन गइरहेको स्थानीय तहको निर्वाचनमा कसैको पनि प्रलोभन र प्रभावमा नपर्न मतदातालाई आग्रह गरेको छ ।

बिहीबार  आयोजित पत्रकार सम्मेलनमा आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले ढुक्क भएर निर्वाचनमा सहभागी हुन मतदातालाई आग्रह गरेका हुन् । 

‘कसैको पनि लोभ लालच, प्रलोभन र आश्वासनमा नपरी आफ्नो विवेकको मत सही ठाउँमा प्रयोग गर्न आह्वान गर्दछु,’ उनले भने ।

मतदातालाई पद, पैसा र पहुँचबाट प्रभावित नभइ मतदान गर्नका लागि थपलियाले आग्रह गरेका छन् । मन परेको उम्मेदवारलाई मतपत्र बदर नहुने गरी निर्धक्क भएर मतदान गर्न उनले आग्रह गरे ।

थपलियाले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको भन्दै ढुक्क भएर मतदानमा भाग लिन आग्रह गरे ।


 





  • प्रकाशित मिति : बैशाख २९, २०७९ बिहीबार १९:२३:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया