श्रीलंकाका राष्ट्रपतिले रनिल विक्रमासिंघेलाई बनाए प्रधानमन्त्री

श्रीलंकाका राष्ट्रपति गोटबाया राजापाक्षेले नयाँ प्रधानमन्त्री नियुक्त गरेका छन् । राष्ट्रपति राजापाक्षेले रनिल विक्रमासिंघेलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् ।

बिहीबार उनलाई राष्ट्रपति राजापाक्षेले प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ गराए । यसअघि पनि प्रधानमन्त्रीको कार्यभार समालिसकेका विक्रमासिंघे श्रीलंकाको धराशायी अर्थतन्त्रलाई उकास्नका लागि उनले महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने अनुमान गरिएको छ । 

आर्थिक संकट गहिरिएपछि श्रीलंकामा सरकारविरुद्ध उग्र प्रदर्शन हुन थालेपछि प्रधानमन्त्री महिन्दा राजपाक्षेले राजीनामा दिएका थिए । 

दुई करोड २० लाख जनसंख्या भएको यस देशमा खाद्यान्न, इन्धन र औषधि चर्को अभाव र विद्युतमा स्वतन्त्रताको कारण आर्थिक संकटमा फसेको छ । आर्थिक संकटका कारण श्रीलंकाका जनता आन्दोलित भएका छन् ।





  • प्रकाशित मिति : बैशाख २९, २०७९ बिहीबार १९:४३:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया