मुम्बईविरुद्धको हारसँगै प्लेअफ दौडबाट बाहिरियो गत च्याम्पियन चेन्नई

चेन्नई सुपर किंग्स (सिएसके) १५ औं सिजनको इण्डियन प्रिमियर लिग (आइपिएल) को प्लेअफ दौडबाट बाहिरिएको छ । गएराति सम्पन्न खेलमा मुम्बई इण्डियन्सविरुद्ध ५ विकेटले हारेसँगै चेन्नई प्लेअफ दौडबाट बाहिरिएको हो । 

उसले १२ म्याच खेल्दा आठमा हार र चार खेलमा जित हात पारेको छ । मुम्बई भने यसअघि नै प्लेअफ दौडबाट बाहिरिसकेको छ । उसले १२ खेलमध्ये ९ मा हार र तीन खेलमा मात्र जित निकाल्न सफल भएको छ ।  

आफ्नो १२ औं खेलमा चेन्नईले दिएको ९८ रनको सामान्य लक्ष्य मुम्बईले १४.५ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । उसका लागि तिलक वर्माले अविजित ३४, ऋतिक शोकीन, कप्तान रोहित शर्माले १८/१८ र टिम डेविडले नटआउट १६ रन बनाए । चेन्नईका लागि मुकेश चौधरीले तीन, सिमरजी सिंह र मोइन अलीले एक/एक विकेट लिए । 

त्यसअघि मुम्बईस्थित वानखडे स्टेडियममा टस हारेर ब्याटिङको मौका पाएको चेन्नई १६ ओभरमा ९७ रनमै अलआउट भयो । उसका लागि कप्तान महेन्द्रसिंह धोनीले ३३ बलमा चार चौका दुई छक्कासहित अविजित ३६ रन बनाए । त्यस्तै, ड्वेन ब्रावोले १२, अम्बाती रायडू र शिवम् दुबेले १०/१० रनको योगदान दिए ।

बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । चेन्नईको पारी ध्वस्त पार्न डानियल साम्सले ४ ओभरमा १६ रन दिएर महत्वपूर्ण तीन विकेट लिए । रिली मेरिडिथ, कुमार कार्तिकेयले दुईरदुई, रमनदीप सिंह र जसप्रित बुहराले एक/एक विकेट हात पारे ।
 





  • प्रकाशित मिति : बैशाख ३०, २०७९ शुक्रबार ६:२५:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया