स्थानीय तह निर्वाचन : भोट हाल्न मतदाता बिहानैदेखि लाइनमा [तस्बिरहरू]
धनगढीको त्रिनगर स्कुल मतकेन्द्रमा मतदानका लागि लाइन लागेका मतादाताहरू । तस्बिर : कैलाश जोशी

आज देशभर स्थानीय तहको निर्वाचन हुँदैछ । निर्वाचनमा मतदानका लागि बिहानैदेखि मतदाता लाइनमा बसेका छन् । निर्वाचन आयोगका अनुसार बिहान ७ बजेदेखि मतदान कार्य सुरु भएको छ । कूल १ करोड ७७ लाख ३३ हजार ७२३ जना मतदाता रहेको आयोगले जनाएको छ । निर्वाचन आयोगमा सूचीकृत मतदाताले मतदाता परिचय पत्र नभए अन्य सरकारी कागजातले मतदान गर्न सकिने व्यवस्था गरिएको आयोगले जनाएको छ ।
 
निर्वाचनमा पुरुष मतदाता ८९ लाख ९२ हजार १० जना र महिला मतदाता ८७ लाख ४१ हजार ५३० जना रहेका छन् । ६ महानगरपालिका ११ उपमहानगरपालिका २७६ नगरपालिका र ४६० गरि ७५३ स्थानीय तहमा निर्वाचन हुने निर्वाचन आयोगले जनाएको छ । यसपालि ३५ हजार २२१ जना निर्वाचित हुनेछन् ।   





  • प्रकाशित मिति : बैशाख ३०, २०७९ शुक्रबार ७:३०:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया