स्थानीय तह निर्वाचन : मकवानपुरमा यसरी हुँदैछ मतदान [तस्बिरहरू]
फरकधार / ३० बैशाख, २०७९

मकवानपुरमा स्थानीय तहको निर्वाचनका लागि मतदान सुरु भएको छ । यहाँ पनि निर्धारित समय ७ बजेदेखि नै मतदान सुरु भएको हो । मकवानपुरमा २ लाख ९४ हजार ९ सय १९ जनाले मतदान गर्दै छन् । जसमा १ लाख ४९ हजार ९ सय ५४ जना पुरुष, १ लाख ४४ हजार ९ सय ५९ जना महिला र अन्यमा ६ जना मतदाता रहेका छन् ।



जिल्लाको १० वटा स्थानीय तह मध्ये सबैभन्दा बढी मतदाता हेटौंडा उपमहानगरपालिका भित्रका रहेका छन् । हेटौंडामा ५० हजार ७ सय २५ जना पुरुष,५३ हजार ७ सय ४५ महिला र ३ जना अन्य गरी १ लाख ४ हजार ४७३ जना मतदाता रहेका छन् । आयोगका अनुसार मकवानपुरमा मतदान स्थलको संख्या १ सय ६५ र मतदान केन्द्रको संख्या ३ सय ५६ रहेको छ ।  

मकवानपुरमा यसरी हुँदैछ मतदान, हेराैँ तस्बिर :





  • प्रकाशित मिति : बैशाख ३०, २०७९ शुक्रबार ८:२२:४५,   अन्तिम अपडेट : बैशाख ३०, २०७९ शुक्रबार ८:२६:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया