हुम्लामा मतदान केन्द्रमा झडप, आठ राउण्ड अश्रुग्यास प्रहार

हुम्लाको चंखेली गाउँपालिकाको एउटा मतदान केन्द्रमा झडप भएको छ । चंखेली गाउँपालिका–२ स्थित महादेव मतदान केन्द्रमा सत्ता गठबन्धन दल र स्वतन्त्र उम्मेदवारका पक्षबीच झडप हुँदा मतदान अधिकृत घाइते भएका छन् ।

झडपमा मतदान अधिकृत कृष्णप्रसाद आचार्य, कार्यालय सहयोगी काला रावत, र अर्का स्थानीय घाइते भएको प्रहरीले जनाएको छ । 

झडपलाई नियन्त्रणमा लिन सशस्त्र प्रहरीले आठ राउन्ड अश्रु ग्यास प्रहार गरेको प्रमुख जिल्ला अधिकारी सीता परियारले बताइन् । अहिले मतदान केही समयका लागि स्थगित गरिएको छ । 





  • प्रकाशित मिति : बैशाख ३०, २०७९ शुक्रबार १०:७:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया