रौतहटको गौरमा मतदान केन्द्रभित्र छिर्न खोज्दा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालविरुद्ध स्थानीयले नाराबाजी गरेका छन् ।
सदरमुकाम गौरको विभिन्न वडाको मतदान केन्द्रमा घुम्ने क्रममा वडा नं. ५ गौरी शंकर यादव रौतहट क्याम्पस मतदान केन्द्रभित्र छिर्न खोज्दा उनीविरुद्ध स्थानीयले नाराबाजी गरेका हुन् ।
गौर–२ स्थित राम जानकी कन्या प्राविमा मत खसालेर गौरी शंकर क्याम्पसको बुथमा छिर्न क्रममा नाराबाजी भएपछि उनी सुरक्षाकर्मीको सहयोगमा त्यहाँबाट बाहिर निस्किएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।