वर्षा भएपछि मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा मतदान कार्य रोकिएको छ । इन्द्रसरोवर–१ मा रहेको चन्द्रोदय प्राविमा केही समयको लागि मतदान रोकिएको हो ।
वर्षा रोकिएलगत्तै मतदान कार्यलाई निरन्तरता दिइनेछ ।
त्यस्तै, सोही गाउँपालिका–२ मा रहेको पञ्चकन्या मावि मतदान केन्द्रमा भने पानीको प्रवाह नगरी उत्साहजनक रूपमा मतदान भइरहेको छ । पानीबाट जोगिन प्लास्टिक र छाताको सहारामा इन्द्रसरोवरका मतदाताहरूले मतदान गरिरहेका हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।