मेरो जित पक्का हो, जिम्मेवारी लिन आतुर छु : स्थापित

काठमाडौं महानगरपालिकाका मेयरका प्रत्यासी केशव स्थापितले आफ्नो जित पक्का भएको बताएका छन् । बागबजारस्थित पद्यकन्या क्याम्पसमा रहेको मतदान स्थलबाट मतदान गरेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले आफ्नो जित पक्का भइसकेको बताएका हुन् ।

स्थापितले आफूमाथि नयाँ जिम्मेवारी आउन लागेको दाबी गर्दै आफू जिम्मेवारी लिन गम्भीर रहेको पनि बताए । ‘मलाई नयाँ जिम्मेवारी आउँदैछ, म गम्भीर छु । बेलुकाबाट गणना सुरु हुन्छ ।’
 
स्थापित नेकपा एमालेबाट काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवार छन् । आज देशभर एकसाथ स्थानीय तह सदस्य निर्वाचन भइरहेको छ ।  





  • प्रकाशित मिति : बैशाख ३०, २०७९ शुक्रबार १३:३४:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया