स्थानीय तह निर्वाचन अपडेट : मतदानको निर्धारित समय सकियो

स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले तोकेको समय सकिएको छ । 

आयोगले बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानका लागि समय तोकेको थियो । 

सो समय सकिए पनि ५ बजेभन्दा अघि मतदान केन्द्रमा प्रवेश गरेका सबै मतदाताले मतदान गर्न पाउने छन् । 

शुक्रबार ७७ जिल्लाका ७५३ पालिकामा चुनिने ३५ हजार २ सय २१ जनप्रतिनिधिका लागि मतदान भएको हो ।

उम्मेदवारी दिएकामध्ये ३ सय ९० जना निर्विरोध निर्वाचित भएका छन् भने बाँकी प्रतिनिधि छान्न मतदाताले मत दिएका छन् ।

स्थानीय तहको निर्वाचनका लागि १ लाख ४५ हजार ११ उम्मेदवारी दिएका थिए ।  



१ करोड ७७ लाख ३३ हजार ७ सय २३ जना योग्य मतदाता रहेको आयोगको तथ्यांक छ ।



  • प्रकाशित मिति : बैशाख ३०, २०७९ शुक्रबार १७:१४:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया