गोरखामा गोली चल्दा निर्वाचनमा खटिएकी कर्मचारी घाइते

गोरखाको भीमसेन थापा गाउँपालिका-२ ताराखसे मतदान केन्द्रमा गोली चल्दा एक जना घाइते भएका छन् । 

गोली लागेर निर्वाचन केन्द्रमा खटिएकी कर्मचारी मनीषा थापा मगर घाइते भएकी हुन् । 

सहायक निर्वाचन अधिकृत चित्र अधिकारीले दिएको जानकारी अनुसार उनको तिघ्रामा गोली लागेको छ । उनलाई उपचारका लागि अस्पताल लगिएको छ ।

जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी केदार खनालका अनुसार नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच भएको झडपलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो । 





  • प्रकाशित मिति : बैशाख ३०, २०७९ शुक्रबार १७:४६:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया