१० माघभित्रै सबै तहको एकता सकिन्छ – ईश्वर पोखरेल

दमौली– उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले आगामी माघ १० गतेभित्र पार्टीको तल्लो तहसम्म एकता टुङ्गिने बताएका छन् । 

तनहुँको शुक्लागण्डकी नगरपालिकामा आज आयोजित कार्यकर्ता भेटघाटमा नेकपाका सचिवालय सदस्यसमेत रहेका मन्त्री पोखरेलले माघ १० गतेभित्रै पार्टीको सबै सङ्गठनको एकता टुङ्ग्याउने गरी काम भइरहेको बताए । 

रक्षामन्त्री पोखरेलले पुस मसान्तभित्रै पार्टी एकताको टुङ्गो लगाउने भनिए पनि पुसमा त्यो सम्भव नदेखिएको बताए । पार्टी एकता टुङ्गो नलाग्दा तल्लो तहसम्म पार्टीको गतिविधि चलायमान हुन नसकेको उनको भनाइ थियो ।  

‘राष्ट्रिय आवश्यकता र जनताको चाहनाअनुसार पार्टी एकता भएकाले नयाँ सोचका साथ अगाडि बढ्न आवश्यक छ’ विचार कमजोर भए पार्टी कमजोर हुने भएकाले सबै नयाँ सोचका साथ अगाडि बढ्नुपर्नेमा जोड दिँदै उनले भने, ‘पूर्वएमालेले पनि एमाले भएर नसोचौँ, पूर्वमाओवादीले पनि माओवादी भएर नसोचौँ । नयाँ सोचका साथ अगाडि बढ्न जरुरी छ ।’ 

मन्त्री पोखरेलले फागुनभित्रै आवश्यक कानुन निर्माण गरिसक्ने दाबीसमेत गरे । 





  • प्रकाशित मिति : पुस २०, २०७५ शुक्रबार १८:३७:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया