धनुषामा ६६ प्रतिशत मत खस्यो, १० बजेपछि मतगणना थालिने
फाइल तस्बिर

५९६ मतदान केन्द्र रहेको धनुषामा ६६ प्रतिशत मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । 

मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलका अनुसार छिटफुट रुपमा सामान्य घटनाबाहेक जिल्लाका सबै मतदान केन्द्रमा शान्तिपूर्ण मतदान सम्पन्न भएको छ । 

कूल ४ लाख ९ हजार ९८५ मतदाता रहेको धनुषामा २ लाख ७० हजार ५९० भन्दा बढी मत खसेको प्रारम्भिक अनुमान छ ।

दिउँसो पानी परेका कारण करिब १ घण्टा सबै स्थानमा मतदान रोकिएको थियो । पानी रोकिएपछि पुनः मतदान भएको थियो । 

मतदानमा मतदाताको उत्साहजनक सहभागिता रहेको थियो । मुख्य निर्वाचन अधिकृत प्याकुरेलले राति करिव १०/११ बजेदेखि मतगणना गर्ने तयारी रहेको जानकारी दिए ।

प्याकुरेलले राति १०/११ बजेबाट मतगणना सुरू गर्ने तयारी भएको जानकारी दिए । उनले छिटोमा राति १० बजेदेखि र ढिलोमा १२ बजेदेखि मतगणना सुरू हुने बताए ।  



उनले भने, ‘साँझ ५ बजे मतदान सम्पन्न भइसकेको छ । कागजपत्र मिलाउँदा मिलाउँदै ३/४ घण्टासम्म लाग्न सक्छ । त्यसपछि सबै मतपेटिकाहरू मतगणना हुने केन्द्रसम्म आएको १/२ घण्टापछि मतगणना प्रारम्भ हुन्छ ।’



  • प्रकाशित मिति : बैशाख ३०, २०७९ शुक्रबार १९:३२:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया