बझाङमा ६० प्रतिशत मतदान भएको छ । जिल्लाभरको तथ्यांकका आधारमा बझाङ जिल्लामा ६० प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले जानकारी दिए । अहिले पालिकाको केन्द्रमा केही वडाका मतपेटिका पुगिसकेको भए पनि केही स्थानमा मतपेटिका पुग्ने क्रम जारी रहेको उनले बताए ।
यसैबीच बझाङका ६ वटा मतदान केन्द्रमा मतदान स्थगित भएको छ । जिल्लाको जयपृथ्वी नगरपालिका-७ को क र ख मतदान केन्द्र, केदारस्यू गाउँपालिका-४ को क र ख र सुर्मा गाउँपालिकाका दुईवटा मतदान केन्द्रमा मतदान प्रक्रिया स्थगित भएको छ ।
मतदानको क्रममा गठबन्धन र नेकपा एमालेका कार्यकर्ताबीच झडपको स्थिति सिर्जना भएपछि ती स्थानमा मतदान स्थगित गरिएको मुख्य निर्वाचन अधिकृत गौतमले बताए ।
आज मतदान हुन नसकेका स्थानमा एक दुई दिनभित्र नै चुनाव गरिने उनले बताए । कर्मचारी खटनपटन गर्ने काम नभएका कारण केही दिनपछि स्थगित भएको स्थानमा मतदान गरिने उनले बताए ।
शान्त वातावरणमा सम्पन्न भएका स्थानीय तहमा सर्वदलीय बैठक बसेर मतगणनाको कार्यक्रम सञ्चालन गरिने उनको भनाइ छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।