बझाङमा ६० प्रतिशत मत खस्यो, आजै रातिदेखि गणना हुने

स्थानीय निर्वाचनअन्तर्गत आज भएको मतदानमा बझाङमा ६० प्रतिशत मत खसेको छ । जिल्लाभरिमा ६० प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत विष्णु प्रसाद गौतमले जानकारी दिए । 

एनका अनुसार अहिले पालिकाको केन्द्रमा केही वडाका मतपेटिका पुगिसकेका छन् । केही स्थानका मतपेटिका पुग्ने क्रम जारी रहेको उनले बताए । 

यसैबीच, बझाङका ६ वटा मतदान केन्द्रको मतदान भने स्थगित भएको छ । जिल्लाको जयपृथ्वी नगरपालिका–७ को ‘क’ र ‘ख’ मतदान केन्द्र, केदारस्यूँ गाउँपालिका–४ को ‘क’, ‘ख’ र सुर्मा गाउँपालिकाको दुईवटा मतदान केन्द्रमा मतदान प्रक्रिया स्थगित भएको हो । 

मतदानको क्रममा गठबन्धन र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएपछि ती स्थानको मतदान स्थगित गरिएको मुख्य निर्वाचन अधिकृत अवस्थीले बताए । 

उनका अनुसार आज मतदान हुन नसकेका स्थानमा एक/दुई दिनभित्र नै चुनाव हुनेछ ।  शान्त वातावरणमा मतदान सम्पन्न भएका स्थानीय तहमा भने आज राति ९ बजेपछि मतगणनाको काम थालिने छ । 

जिल्लाको जयपृथ्वी नगरपालिका, केदारस्यूँ र सुर्मा गाउँपालिकामा भने मतदान सम्पन्न नहुँदासम्म मतगणना हुने छैन । 
 





  • प्रकाशित मिति : बैशाख ३०, २०७९ शुक्रबार २०:५९:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया