धनगढी उपमहानगरपालिमा भोलि मात्रै मतगणना

सुदूरपश्चिमको एक मात्र उपमहानगरपालिका धनगढीको मतगणना शनिबारदेखि सुरु हुने भएको छ । मतपेटिका संकलनमा समय लाग्ने भएकाले भोलि बिहानदेखि मतगणना थालिने भएको हो ।

सर्वदलीय बैठक बसेर भोलिबाट मतगणना गरिने कैलालीका मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले बताए ।  मुख्य निर्वाचन अधिकृतकको कार्यालयकाको पछिल्लो अपडेटअनुसार धनगढी उपमहानगरपालिकामा ६५ प्रतिशतभन्दा बढी मत खसेको छ । अहिलेसम्म कुल ९३ हजारमध्ये करिब ६० हजार बढी मत खसेको पनेरुले जानकारी दिए । जुन कुल मतदाताको ६५ प्रतिशत हो । 

मतदान सकिएका केन्द्रहरुबाट मुचुल्का बनाएर मतपेटिका एक ठाउँमा संकलन गर्ने काम भइरहेको छ । धनगढीको मेयर, उपमेयरसहित ९७ जना जनप्रतिनिधि चुन्नका लागि आज मतदान सम्पन्न भएको छ । उपमहानगरको मेयरमा मात्रै ९ जनाको उम्मेदवारी छ ।
 





  • प्रकाशित मिति : बैशाख ३०, २०७९ शुक्रबार २१:१६:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया