मनाङको चामे गाउँपालिका अध्यक्षमा नेकपा एमालेका लोकेन्द्रबहादुर घले विजयी भएका छन् । मुख्य निर्वाचन अधिकृत पुनाराम खनालका अनुसार घले ३२० मतका साथ विजयी भएका हुन् ।
उनका निकट प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार छिरिङध्वर्जे लामाले २७९ मत प्राप्त गरे । घले यसअघि पनि चामे गाउँपालिकाका अध्यक्ष थिए । त्यस्तै, उपाध्यक्षमा भने कांग्रेसकी मिङमार ढोल्मा लामा ३२५ मत ल्याएर विजयी भएकी छन् । उनका निकट प्रतिद्वन्द्वी एमाले उम्मेदवार आशकुमारी गुरुङले २७४ मत ल्याइन् ।
यसअघि वडा नम्बर १ मा एमालेका खड्कजंग गुरुङ र वडा नम्बर २ मा कांग्रेसका मंगलदेव गुरुङ निर्विरोध भइसकेका छन् । वडाअध्यक्षतर्फ वडा ३ को अध्यक्षमा कांग्रेसका विनोद लामा ७५ मत ल्याएर विजयी भएका छन् । एमालेका प्रेमकुमार श्रेष्ठले ५५ मत मात्र पाए ।
वडा नम्बर ४ मा कांग्रेसका लोप्साङ लामाले ८८ मत ल्याएर वडाअध्यक्षमा निर्वाचित भएका छन् भने एमालेका पाल्साङ लामाले ४० मत मात्र ल्याए ।
वडा नम्बर ५ को अध्यक्षमा एमालेका कैले गुरुङ र कांग्रेसका फुर्पा छिरिङ लामाले बराबर ३०/३० मत ल्याएका थिए । गोला प्रथाबाट एमालेका कैले गुरुङ निर्वाचित भएका छन् । चामे गाउँपालिकामा ७ सय ११ मतदाता रहेकामा ६ सय १० मत मत खसेको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।