मनाङको नार्पाभूमि गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार कोन्जो तेन्जिङ लामा विजयी भएका छन् । उनी १ सय ५८ मत ल्याएर गाउँपालिका अध्यक्षमा विजयी भएका हुन् ।
चामेका मुख्य निर्वाचन अधिकृत पुनाराम खनालका अनुसार कोन्जो तेन्जिङका निकट प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार कृष्णबहादुर लामाले १ सय ११ मत ल्याए ।
कोन्जो तेन्जिङ यसअघि पनि नार्पाभूमि गाउँपालिकाका अध्यक्ष थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।