बुटवलमा कांग्रेसको सुरुवाती अग्रता, पछ्याउँदै राप्रपा

बुटवल उपमहानगरपालिकामा गएराति १२ बजेदेखि भएको मतगणनामा नेपाली कांग्रेसले सुरुवाती अग्रता लिएको छ । प्रारम्भिक मतगणना अनुसार बुटवलको वडा नं १ मा कांग्रेसले अग्रता लिएको हो ।

उक्त वडामा कांग्रेस उम्मेदवार खेलराज पाण्डेले ७३ मत पाउँदा राप्रपाका मृगेन्द्रकुमार शेरचनले ४५ र नेकपा एमालेका बाबुराम भटराईले ३३ मत पाएका छन् । अहिलेसम्म उक्त वडाको २०० मत गणना भएको छ ।

वडा नं १ मा वडाध्यक्ष पदमा भने पुतली चिन्ह लिएका स्वतन्त्र उम्मेदवारको अग्रता रहेको छ । पुतली चिन्हले ७० मत प्राप्त गरेको छ । वडा अध्यक्ष पदमा एमालेले ५६ मत पाएर दोश्रो हुँदा कांग्रेस ३४ मत पाएर तेस्रो स्थानमा छ । 





  • प्रकाशित मिति : बैशाख ३१, २०७९ शनिबार ६:३३:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया