प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको गृह पालिका डडेल्धुराको गन्यापधुरा गाउँपालिकामा कांग्रेसले अग्रता छ । ७ सय मतगणना हुँदा कांग्रेस उम्मेदवार इन्द्रबहादुर कार्कीले ३६९ मत प्राप्त गरेका छन् ।
सो पालिकामा एकीकृत समाजवादीका नरबहादुर विष्ट, राप्रपाबाट कृष्णदेव भट्ट, राष्ट्रिय जनमोर्चाबाट टंकप्रसाद अवस्थी, नेपाली कांग्रेस बीपीबाट सुरेन्द्रबहादुर माली उम्मेदवार छन् ।
गन्यापधुरामा एमालेले कांग्रेस बीपीलाई समर्थन गरेको छ । कांग्रेस बीपीका उम्मेदवारले १६३ मत प्राप्त गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।