विराटनगर पुगेर देउवाले भने– रेशम चौधरीलाई किन शपथ गराइयो, बुझ्न सकेको छैन

विराटनगर– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पुर्पक्षका लागि थुनामा रहेका सांसद रेशम चौधरीलाई किन शपथ गराइयो भन्ने आफूलाई थाहा नभएको बताएका छन् ।

शुक्रबार विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै प्रतिनिधिसभाको प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका देउवाले चौधरीलाई सरकारले किन शपथ गराएको हो, आफूले बुझ्न नसकेको बताए । 

देउवाले वर्तमान सरकार फ्लप भएको समेत दाबी गरे । दुईतिहाइको दम्भमा रहेको सरकारले अब देश चलाउन नसक्ने दाबी गर्दै उनले ‘पोस्टर टाँगेर अब देश नचल्ने’ टिप्पणी गरे ।

प्रतिपक्ष कमजोर भयो भन्ने सन्दर्भमा देउवाले भने ‘तपाईंहरु छाप्नु हुन्न, बोलेको बोल्यै छु त म ।’

वाइडबडी विमान खरिद छानबिन प्रकरणमा भने देउवाले आफूले लेखा समितिको उपसमितिको प्रतिवेदन अध्ययन नगरेको भन्दै त्यस विषयमा जानकारी नभएको बताए ।

निर्माला पन्तको बलात्कारपछि हत्यामा संलग्नलाई कारबाही नसक्नु सरकारको लाचारीपन भएको उनले दोहोर्याए । यो सानो घटना होइन भन्दै देउवाले निर्मलाको परिवारले न्याय नपाएसम्म कांग्रेसले यो विषय नछाड्ने उल्लेख गरे ।



समायोजनमा जान नमान्ने कर्मचारीलाई कारबाही गर्नुभन्दा सुविधा बढाएर पठाउनुपर्ने उनको धारणा रह्यो । कर्मचारीलाई आतंकित बनाउनुभन्दा पनि थप इन्सेन्टिभ दिनुपर्ने उनको तर्क छ । 



  • प्रकाशित मिति : पुस २०, २०७५ शुक्रबार १९:९:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया