यसरी हुँदैछ काठमाडौं महानगरपालिकाको मतगणना [तस्बिरहरू]

काठमाडौं महानगरपालिको मतगणना जारी छ । मतगणना राष्ट्रिय सभा गृहमा भइरहेको हो । सुरुवातमा वडा नम्बर १ र ३२ का मतपेटिका गन्न थालिएको छ । काठमाडौं महानगरपालिका नेकपा एमालेबाट केशव स्थापित मेयर र सुनिता डंगोल उमपेयरका उम्मेदवार बनेका छन् । त्यस्तै नेपाली कांग्रेसको तर्फबाट सिर्जना सिंह मेयरमा र गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठ उपमेयरको उम्मेदवार बनेका छन् । त्यस्तै, स्वतन्त्रबाट मेयरमा बालेन्द्र शाह पनि प्रतिस्पर्धामा छन् । काठमाडौं महानगरपालिकाको मेयरका लागि विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी ५४ जनाले उम्मेदवारी दिएका छन् । उपमेयरका लागि भने ३० जनाले उम्मेदवारी दिएका छन् । यसपालि काठमाडौं महानगरपालिकामा मेयर पदमा गठबन्धन, एमाले र स्वतन्त्र उम्मेदवार शाहबीच प्रतिस्पर्धा हुने आँकलन गरिएको छ । ३ लाख २४२ मतदाता रहेको काठमाडौं महानगरपालिकामा यसपालि ५२ प्रतिशत मात्रै मत खसेको छ । 

तस्बिरमा हेरौं काठमाडौं महानगरपालिकाको मतगणना :





 

  • प्रकाशित मिति : बैशाख ३१, २०७९ शनिबार १२:१०:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया