बैतडीका १० वटै स्थानीय तहहरुमा मतगणना कार्य शुरु भएको छ । ६ वटा पालिकाको प्रारम्भिक मतपरिणाम बाहिर आउँदा चार पालिकामा कांग्रेस र दुई पालिकामा एमाले अग्रस्थानमा देखिएको छ ।
जिल्लाको शिवनाथ गाउँपालिका, सुर्नया गाउँपालिका, पाटन नगरपालिका र पुर्चौंडी नगरपालिकामा कांग्रेसको अग्रता कायम छ भने दशरथचन्द नगरपालिका र मेलौली नगरपालिकामा एमालेको अग्रता कायम रहेको छ ।
मतगणना कार्य जारी रहेको छ । जिल्लाको दोगडाकेदार गाउँपालिका, डिलाशैनी गाउँपालिका, सिगास गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाको प्रारम्भिक मतपरिणाम आउन बाँकी रहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।