ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ । प्रारम्भिक परिणामअनुसार नेपाली कांग्रेसका मेयर उम्मेदवार चिरीबाबु महर्जनले अग्रता लिएका छन् ।
ताजा मतिपरणअनुसार ५० मत गन्दा चिरीबाबुले २८ मत ल्याएका छन् । त्यस्तै, नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारले १० मत प्राप्त गरेका छन् । यहाँ अहिले मतगणना जारी छ ।
महानगरको प्रमुखमा कांग्रेसबाट महर्जन, एमालेबाट व्यञ्जनकार, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अष्टबहादुर महर्जनलगायत उम्मेदवार छन् ।
उपप्रमुखमा नेकपा एमालेबाट मञ्जली शाक्य (आस्था), नेकपा माओवादी (केन्द्र) बाट बाबुराज बज्राचार्य, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट स्वर्णिमा शाक्यलगाय उम्मेदवार छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।