मकवानपुरका तीन वडामा कांग्रेसका उम्मेदवार विजयी

मकवानपुरको तीनवटा वडा अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । 

मकवानपुरको इन्द्रसरोवर, भीमफेदी र मनहरीमा कांग्रेसका उम्मेदवार वडाध्यक्षमा विजयी भएका हुन् ।

भीमफेदी–१ मा कांग्रेसका वडाध्यक्षका उम्मेदवार सोमबहादुर स्याङ्तान र इन्द्रसरोवर–१ मा कांग्रेसका वडाध्यक्षका उम्मेदवार सुवास थापा विजयी भए । 

त्यसैगरी भर्खरै प्राप्त मत परिणामअनुसार मनहरी–१ मा कांग्रेसका वडाध्यक्षका उम्मेदवार शिव खनाल विजयी भएका छन् । उनी एमालेका प्रत्यासी उम्मेदवारलाई ७०० मतान्तरले पराजित गर्दै विजयी भएका हुन् ।

कांग्रेसका उम्मेदवार खनालले १०९३ मत प्राप्त गर्दा एमालेका उम्मेदवारले ३९३ मत प्राप्त गरेका छन् । 

यता, सोही वडाको मतगणना सम्पन्न भइसक्दा गाउँपालिका अध्यक्षमा गठबन्धनका उम्मेदवार अगाडि रहेका छन् । अध्यक्षमा रुख चिन्हमा उम्मेदवारले ९९८ मत र हसियाहतौडाका उम्मेदवारले ४६४ मत प्राप्त गरेका छन् । 



त्यसैगरी अध्यक्ष, उपाध्यक्षमा सूर्यका उम्मेदवारले क्रमशः ४६४ र ४०५ मत प्राप्त गरेका छन् ।



  • प्रकाशित मिति : बैशाख ३१, २०७९ शनिबार १७:१५:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया