काठमाडौं महानरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले सुरुवाती अग्रता कायमै राखेका छन् । मतगणनाको पछिल्लो परिणामअनुसार ४०२ मत प्राप्त गर्दै उनले अग्रता कायमै राखेका हुन् ।
उनलाई नेकपा एमालेका उम्मेदवार केशव स्थापितले पछ्याइरहेका छन् । केशवले ३१९ मत प्राप्त गरेको काठमाडौंका मुख्य निर्वाचन अधिकृत कार्यालयका सहायक निर्वाचन अधिकृत प्रेमप्रसाद पौडेल जानकारी दिए ।
त्यस्तै, सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार नेपाली कांग्रेसकी सिर्जना सिंहले २०१ मत पाएकी छन् ।
उनका अनुसार आज बिहान साढे ९ बजेबाट मतगणना सुरु भएको थियो । अहिलेसम्म वडा-१ मा ५०० मत, वडा-३२ मा ५०० मत र वडा २ मा २८० मत गणना भएको छ । वडा नम्बर ४ मा पनि मतगणना कार्य जारी रहेको उनले बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।