पोखरामा महानगरपालिकामा गठबन्धनले अग्रता बनाएको छ ।
सुरुवाती डेढ सय मत गन्दा एकीकृत समाजवादीका धनराज आचार्यले २३ मत प्राप्त गरेका छन् भने एमालेका कृष्ण थापाले २२ मत ल्याएका छन् ।
वडा नम्बर १ मा गठबन्धन र १२ मा एमालेअघि देखिएका हुन् । वडा नम्बर १ को ५० मत गणना भएको छ ।
उपमेयरमा नेपाली कांग्रेसकी कोपिला रानाभाटको २२ मत आएको छ भने एमालेकी मन्जु गुरुङले २० मत प्राप्त गरेकी छन् । यो वडा यसअघि एमालेले जितेको वडा हो ।
१२ मा १ सय मत गन्दा एमालेले ३९ मत पाएको छ भने गठबन्धनले २६ मत छ । १२ मा १० मत र १ मा ५ मत बदर भएको बताइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।