पाेखरा: एकीकृत समाजवादीका आचार्य अगाडि

पोखरा महानगरपालिकामा सत्ता गठबन्धनका धनराज आचार्यले अग्रता कायमै राखेका छन्।

पछिल्लो मतगणना अनुसार ११ सय मत गन्दा गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीको उम्मेदवार धनराज आचार्यले ४ सय ५६ मत ल्याएका छन्।

उनलाई पच्छ्याइरहेका एमालेका कृष्ण थापाले ३ सय ८३ मत पाएका छन्।

उपमेयरमा पनि सत्ता गठबन्धनले नै अग्रता लिएको छ। उपमेयरमा साझा उम्मेदवार कांग्रेसकी कोपिला रानाभाटले एमाले उम्मेदवारलाई  १ सय मतले पछाडि छोडेकी छन्। कोपिलाले ५ सय ४ मत पाउँदा एमालेकी मञ्जुदेवी गुरूङले ४ सय ४ मत ल्याएकी छन्।





  • प्रकाशित मिति : जेठ १, २०७९ आइतबार ५:२२:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया