चितवनको दुई वडामा एमालेको प्यानलै विजयी

चितवनमा एमालेले विजयको खाता खोलेको छ । कालिका नगरपालिका–११ र राप्ती नगरपालिका–६ मा एमालेको प्यानलै विजयी भएको हो ।

कालिका–११ को अध्यक्षका उम्मेदवार कृष्णबहादुर प्रजाले ५१३ मत ल्याएर विजयी भएका हुन् । विजयी हुने महिला सदस्य सीता माया चेपाङले ५०९, खुल्ला सदस्य मिलन चेपाङले ५१७ र लोकबहादुर प्रजाले ४९७ मत ल्याएका छन् । यसअगाडि नै दलित महिला सदस्य भने निर्विरोध निर्वाचित भइसकेकी छन् ।

राप्ती–६ को अध्यक्षमा जल्लु महतो थारू १८ सय १६ मत ल्याएर विजयी भए । वडा सदस्यमा एमालेका ममिता कुँवरले १७ सय ५८, राजकुमार तामाङले १६ सय ५३, सहदेव सेढाइले १४ सय ७७ र  दलित महिला सदस्य गुनु विकले १७ सय ५२ मत ल्याएर विजयी भएका हुन् । 

एउटा वडाको मतगणना सकिंदा राप्तीको मेयरमा एमालेका गोविन्द कँडेलले १५ सय ३२, गठबन्धनबाट नेकपा एसका शमशेर लामाले १२ सय ७८ मत प्राप्त गरेका छन् । 





  • प्रकाशित मिति : जेठ १, २०७९ आइतबार ६:३१:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया